२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा नेपाली भ्लगर पक्राउ: सामाजिक सद्भाव विथोलेको आरोप



अ+ अ-

काठमाडौँ । भारतको सिक्किम राज्यमा एक नेपाली भ्लगर पक्राउ परेकी छन् । उनीमाथि ‘सामाजिक सद्भाव’ बिथोलेको आरोप लगाइएको छ ।

सिक्किम सरकारले यही पुस १० गते (डिसेम्बर २६) मा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई शुक्रबार सिक्किमको राजधानी गान्तोकबाट पक्राउ गरिएको हो ।

पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको अर्को साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यही आधारमा उनलाई मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा पक्राउ गरिएको बताइएको छ । भ्लगर चाम्लिङले ६ दिनअघि पूर्वमुख्यमन्त्री पवन कुमार चाम्लिङसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी थिइन् ।

सत्ता पक्ष दलले सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) माथि भ्लगर चाम्लिङलाई सत्तारुढ दलविरुद्ध प्रयोग गरेको आरोप लगाएको छ । सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताका अनुसार चुनावको मुखमा विपक्षीले नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेको छ ।

सिक्किम प्रहरीका अनुसार चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । उनलाई गैरकानूनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ ।

यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले भ्लगर चाम्लिङलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरुले सिक्किम सरकारले झुटो आरोप लगाएर चाम्लिङलाई गिरफ्तार गरेको बताएका छन् ।

https://www.facebook.com/100018620206177/videos/1088694738928765