२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी



अ+ अ-

एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रेक्टर स्केलमा यसको तीव्रता ७.४ मापन गरिएको छ । प्रशासनले सुनामीको चेतावनी जारी गरेको छ । हाल कुनै क्षतिको खबर छैन ।

जापानी मिडिया एनएचकेका अनुसार प्रशासनले ५ मिटर (१६ फिट) अग्लो छालहरू उठ्न सक्ने बताएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार फुकुसिमा आणविक प्लान्टलाई नजिकबाट नियालिरहेको छ । मार्च २०११ मा जापानमा ९ म्याग्निच्युडको भूकम्पले ठूलो सुनामी आएको थियो । जसमा उठेको सुनामीको छालले फुकुसिमा आणविक प्लान्टलाई ध्वस्त पारेको थियो ।

यसलाई वातावरणीय क्षतिको हिसाबले ठूलो घटना मानिएको छ । त्यसपछि समुद्रमा १० मिटर अग्लो छालले धेरै शहरहरूमा विनाश निम्त्यायो । जसमा करिब १६ हजार मानिसको मृत्यु भएको थियो ।