२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा वारुण यन्त्र कार्यालय भवनको शिलान्यास



अ+ अ-

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज शिलान्यास पूजा गरिएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले जग पूजा गर्नुभएको थियो ।

गएको बर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गर्नुभएको थियो । यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) शिलान्यास गरिएको हो ।

भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रुपैयाँ गरिएको थियो । बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ ।

‘महानगरपालिका क्षेत्रभित्रका विपदजन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक स्थानमा पुर्‍याउँदै लगेको छ ।’ विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले शिलान्यास अवसरमा भन्नुभयो, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ । अहिले बालाजुमा निर्माण कार्यको थालनी गर्‍यौँ । यो सेवा विस्तारित हुने चरणमा छ । महानगरपालिकाले योजनावद्ध रुपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको छ ।’

आफ्नो वडामा यसप्रकार आपतकालीन साधन उपकरण राख्ने भवन विस्तार हुनु, वडाबासीले तिरेको कर वडाकै नागरिकको सुरक्षाका लागि फिर्ता भएको महसुस गरेको छु । शिलान्यासपछि संक्षिप्त प्रतिक्रियामा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले प्रतिक्रिया दिनुभयो ।

भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५।९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ ।

भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्वरुप मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ । भित्री भाग आधुनिक शैलीको हुनेछ ।

भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट्याङ्कर राख्ने ठाउँ हुनेछ ।

जमिन मुनि र माथि छतमा गरि १ लाख लिटरको पानी ट्याङ्की रहनेछ छन् । भवनको माथिल्लो तलामा विपद ब्यबस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ ।

पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरुका लागि आवास सहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ । जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षा सम्बन्धि सरसामान राख्ने कोठा हुनेछन् ।

अग्नि नियन्त्रकहरु कार्यालयको भुइँ तलामा बस्छन् । शाखा कार्यालयका प्रमुख शम्भु विष्टका अनुसार स्टेशनमा २ वटा दमकल र २ वटा फायर बाइक राखिएका छन् । बालाजु, स्वयम्भू, माछापोखरी, महाराजगञ्जलगायत ठाउँमा हुने आगलागीका घटनाको पहिलो रिस्पोन्स यस शाखाबाट हुने गरेको छ ।




भर्खरै