२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनकपुरधाम–अयोध्या भार यात्रा’ वीरगञ्जबाट अयोध्या प्रस्थान



अ+ अ-

काठमाडौँ । नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम–अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिरका महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित अयोध्या प्रस्थान गरेको हो ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो । आज बिहान उक्त टोली वीरगञ्जबाट अयोध्याका लागि प्रस्थान गरेको हो । रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ । राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राम मन्दिर निर्माण भएको छ ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ । यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।