२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

यस्तै, बैठकले कोशीबाट तुलसीप्रसाद न्यौपाने, मधेशबाट रामअवतार यादव, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिमबाट दामोदर भण्डारी र झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।

सर्लाहीको बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले नगर अस्पतालको विषयमा छलफल गरिरहेको बेलामा सत्तापक्षका कार्यकर्ताहरुले आक्रमण गरेको जनाउँदै उक्त घटनामा प्रहरीले बल प्रयोग गर्नेक्रममा स्थानीय नागरिक जयशंकर साहको मृत्यु भएको घटनाप्रति बैठकले दुःख व्यक्त गरेको छ ।

हालै सम्पन्न नेपाल–भारतको संयुक्त आयोगको बैठकमा के–के छलफल र सम्झौता भए भन्ने विषयमा प्रतिपक्षसँग कुनै परामर्श र छलफल नगरिएको प्रति एमालेले गम्भीर चिन्ता प्रकट गरेको छ ।

राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्नुर्ने बताउँदै नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनुहुन्न भन्ने कुरा एमालेले स्पष्ट गरेको छ ।