२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम माओवादी सरकारले गरिरहेको छ: पहाडी



अ+ अ-

वीरगञ्ज . शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको =atfpg’ ePsf] 5 .

वीरगञ्जमा मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठककको उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले क्षेत्रीय, जातीय, धार्मिक लगायत संवेदनशिल विषयतर्फ इङ्गीत गर्दै मन्त्रीहरु अराजक भएको र सरकारले समाजलाई जोड्ने होइन तोड्ने काम गरिरहेको बताउनुभएको हो ।

पहाडीले निषेधात्मक, दण्डात्मक, प्रतिबन्धात्मक र प्रतिशोधात्मक मार्गमा अघि बढेको हुँदा लोकतन्त्र धरापमा परेको भन्दै पहाडीले भ्रष्ट नेतालाई कारबाही गरि लोकतन्त्र जोगाउन सबैलाई आह्वान गर्नुभयो ।

परिषद् बैठकलाई सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारका हरेक ठूला काण्डमा शिर्ष नेताहरुको संलग्नता रहेको र भ्रष्टाचारमा सर्वदलिय सहमति हुने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको संलग्नता रहेका भ्रष्टाचारका दर्जनौ घटनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

सहभागिहरुको प्रश्नको जबाफ दिँदै सांसद सिंहले एनसेल महाघोटालामा कुन नेताले कति खाएका छन् र कति प्रतिशत सेयरमा देश विरुद्ध घात गरेका छन् भन्ने फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।