२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ फेम अभिनेता मनजोत सिंह एक रिल मात्र होइन वास्तविक जीवनका नायक पनि हुन्



अ+ अ-

एजेन्सी । साउथ फिल्म निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गरेको रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’ मा देखिने मनजोत सिंहको एउटा भिडियो भाइरल भइरहेको छ, जसले फ्यानहरुको मन जितेको छ ।

यति मात्र होइन, फ्यानहरूले उनको धेरै प्रशंसा गर्दैछन् र भनेका छन्, ‘उनी रिल मात्र होइन, वास्तविक जीवनको नायक पनि हुन् ।’

यो भिडियो अभिनेता आफैले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेका छन् । यो भिडियो सन् २०१९ को हो, जसमा अभिनेता आत्महत्या गर्न खोजेकी एक युवतीलाई बचाइरहेको देखिन्छ । उनको वरिपरि ठूलो भीड देखिन्छ र कोही टाढाबाट उनको भिडियो बनाउँदैछन् । यो भिडियो सेयर गर्दै मनजोतले क्याप्सनमा यो घटनाको बारेमा पनि बताए ।

अभिनेताले लेखेका छन्, ‘यो २०१९ मा भएको थियो जब एउटी केटीले आत्महत्या गरिरहेकी थिइन् र भगवानको कृपाले मैले उनलाई बचाउन सकें । म सही समयमा सही ठाउँमा थिएँ । हामी सबैले समस्या र कठिनाइहरूको सामना गर्छौं । कहिलेकाँही बाँच्नु पनि साहसको काम बन्न सक्छ ।’ भिडियोमा धेरै संख्यामा भियुज साथै लाईक र कमेन्टहरू पनि देख्न सकिन्छ ।

भिडियोमा एक युवती युनिभर्सिटीको बालकनीमा बसेर हाम फाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ र हाम फाल्न जाने बित्तिकै मनजोत हिरोजस्तै आएर उनको हात समातेर माथि तान्छन् । यो भिडियो त्यो समयको हो जब उनी शारदा विश्वविद्यालय, ग्रेटर नोएडाबाट बीटेक पढ्दै थिए ।

 




भर्खरै