२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको सुरक्षामा लापरवाही, पनवेलको फार्म हाउसमा दुईजना प्रवेश गरे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानको सुरक्षामा लापरवाही भएको घटना बाहिर आएको छ । अभिनेताको सुरक्षालाई लिएर निरन्तर चर्चा रहेको छ । यस्तो अवस्थामा अभिनेताको फार्म हाउसमा दुई अपरिचित युवा प्रवेश गरेका छन् । यो घटना सलमान खानको पनवेल फार्महाउसमा भएको हो ।

अचम्मको कुरा के छ भने दुवै अभियुक्तबाट नक्कली परिचयपत्र पनि भेटिएको छ । हाल प्रहरीले दुवै युवालाई पक्राउ गरेको छ । सोमबार बिहान पनवेलस्थित सलमान खानको फार्म हाउसमा दुईजना व्यक्ति प्रवेश गरिरहेका थिए, सुरक्षाकर्मीले दुवैलाई रोके तर बल प्रयोग गर्न थाले । त्यसपछि आरोपीलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको थियो ।

अनुसन्धानका क्रममा दुवै युवासँग नक्कली परिचयपत्र पनि भेटिएको थियो । दुवैले आफूलाई सलमान खानका फ्यान भनेका थिए ।

अहिले यी दुई युवा को हुन्, उनीहरुको उद्देश्य के थियो र कहाँबाट आएका हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीको बयान आउन बाँकी छ । कलाकारको प्रतिक्रियाको पनि प्रतीक्षा छ ।

गत वर्ष सलमान खानलाई धेरै पटक ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले पनि खुलेआम अभिनेतालाई धम्कीको इमेल पठाएका थिए जसका कारण सलमान खानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको थियो । सलमान खानसँग सधैं १ वा २ कमाण्डो र २ पीएसओ हुन्छन् ।