२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने दुई पक्राउ



अ+ अ-

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरँैचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टङ्कप्रसादले एक जना पीडितबाट रु तीन लाख र विक्रमले एक जनालाई मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रु आठ लाख ९० हजार ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले टङ्कप्रसादलाई काठमाडौँ बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




भर्खरै