२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा राखिएका यी चिज बन्छन् अशुभको कारण, आजै हटाउनुहोस्



अ+ अ-

एजेन्सी । प्रत्येक व्यक्ति पर्याप्त पैसा होस् भन्ने चाहन्छ । तपाईको सम्पूर्ण जीवन सुख–शान्तिमा बितोस् र धन तथा अन्नको कुनै कमी नहोस् । यसका लागि मानिसहरु कडा मेहनत गर्छन् तर तपाईले देख्नु भएको होला कि कतिपय मानिसहरु जतिसुकै कोसिस गरेपनि सफलता प्राप्त गर्दैनन् ।

यस्ता व्यक्तिको जीवनमा सधैं कुनै न कुनै समस्या हुन्छ । वास्तु विज्ञहरुका अनुसार घरमा रहेको नकारात्मक उर्जाका कारण मानिसलाई समस्याको सामना गर्नु पर्ने हुन्छ ।

वास्तुशास्त्रमा केही यस्ता कुराहरु उल्लेख गरिएको छ, जुन घरमा भएमा नकारात्मक उर्जा आउँछ र एकपछि अर्को समस्या निम्त्याउँछ । आउनुहोस् जानौं घरमा कस्ता चीजहरू राख्नु हुँदैन ।

स्टोरमा राखिएका पुराना सामान
जुन चीजहरू आवश्यक पर्दैन, त्यसलाई मानिसहरूले फ्याँक्नुको सट्टा स्टोर कोठामा राख्छन् । तर प्रयोग नगरिएका सामान स्टोरमा राख्नु उचित होइन । यी कुराको कारणले देवी लक्ष्मी क्रोधित हुन्छिन्, जसका कारण तपाईलाई आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ ।

नचलेको घडी
बन्द वा खराब घडी पनि प्रगतिको बाटोमा बाधक बन्न सक्ने वास्तुविद्हरू बताउँछन् । यस्तो अवस्थामा यदि तपाईको घरमा पुरानो वा टुटेको घडी राखिएको छ भने तुरुन्तै बाहिर निकाल्नुहोस् । घरमा बन्द घडी राख्नाले तपाईको राम्रो समय रोक्न सक्छ ।

पुरानो डायरी
घरमा प्रयोग नगर्ने पुराना डायरीहरू नराख्नुहोस् । वास्तुशास्त्रका अनुसार पुरानो डायरीले पनि नकारात्मक ऊर्जा पैदा गर्छ, जसले परिवारका सदस्यहरू र उनीहरूको प्रगतिमा असर गर्छ । यस्तो अवस्थामा पुरानो वा बेकारको डायरी तुरुन्तै फ्याँकिदिनुहोस् ।

पुरानो अखबार
पुराना पत्रपत्रिका पनि घरमा राख्नु हुँदैन । यसले नकारात्मकता पनि निम्त्याउँछ, जसका कारण परिवारमा अशान्तिको वातावरण सिर्जना हुन्छ । यस्तो अवस्थामा यदि तपाईको घरमा लामो समयदेखि पुराना अखबारहरू छन् भने आजै फ्याँकिदिनुहोस् वा भंगार व्यापारीलाई दिनुहोस् ।

पुराना इलेक्ट्रोनिक उपकरण र मोबाइल फोन
बिग्रिएको मोबाइल फोन, चार्जर, केबल, बल्ब आदि सामान घरमा राख्नु हुँदैन । यसले घरमा नकारात्मक ऊर्जा ल्याउनेछ र परिवारका सदस्यहरूले आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ ।

खराब तालाहरू
पुरानो, बिग्रिएको वा खिया लागेको ताला घरमा कहिल्यै राख्नु हुँदैन । यी खराब तालाका कारण परिवारका सदस्यहरूको प्रगतिमा बाधा पुग्छ । यस्तो अवस्थामा यी तालाहरू तुरुन्तै मर्मत गर्नुहोस् वा हटाउनुस् ।