२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गौशाला २६ को फोटो र नाम ट्वीटरमा राख्ने कार्यकर्तालाई गर्यो कारबाही



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै एक कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटाले गौशाला २६ (परिवर्तित नाम) को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राखेपछि कारबाहीमा परेका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

बुधबार गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।

यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।