२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमै पहिलो पटक सञ्चालनमा आयो पानी फ्याक्ट्री ‘साथी’



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा पहिलो पटक पानी फ्याक्ट्री सञ्चालनमा आएको छ । भिमाद बजारबाट नजिकै अवस्थित म्याग्दे गाउँपालिका-५ छाङ्गपाटनमा पानी फ्याक्ट्री ‘साथी २४इन्टु७’ सञ्चालनमा आएको हो ।

छाङ्गपाटनका स्थानीय विष्णु भक्त खनालले उक्त पानी फ्याक्ट्री सञ्चालनमा ल्याएका हुन् । भारतीय सेनाबाट सेवानिवृत्त आएर रोजगारीका सिलसिलामै दुई वर्ष दुबईको अबुधावीमा काम गरेर खनाल देशमै केही गर्नुपर्छ भनी नेपाल फर्किए ।

सामाजिक अभियन्ता भएर हिँडेका खनालले भाषण गरेर मात्र नहुने आर्थिक पाटो पनि अपरिहार्य हुने भन्ने कुरा बुझे । त्यसपछि २३ रोपनि जग्गामा बैंकमा धितो राखेर उनले फ्याक्ट्री खोलेको बताए । उनले भने ‘पानीको ल्याब परीक्षण गर्न साथीसँग तम्सुक लेखाएर, ३ रुपैयाँ व्याजमा ऋण लिएँ । संरचना निर्माणका लागि मात्रै नौ महिना लाग्यो ।’

२४ घण्टामा २ हजार जार पानी उत्पादन गर्न सक्ने दाबी गर्दै खनालले विशेषगरी भिमाद, दुलेगौंडा, खैरेनीटार र दमौलीसम्म पानी उपलब्ध गराइने बताए । आफ्नो पुख्र्यौली जग्गामा फ्याक्ट्री खोलेका उनले बोरिङदेखि लिएर आउँदा डेढ करोड लगानि गरिसकेको बताए ।

उनी भन्छन् ‘१७ वर्ष भारतीय सेनामा जागिर गरेँ । देश विदेश पनि गएँ । जहाँ गएपनि नेपालीले भोग्नुपरेको पिडाँ देखेर भावुक हुन्थेँ । अबको बाँकी जीवनमा केही गर्नुपर्छ भनेर यो पानी फ्याक्ट्री खोल्नु मेरो लक्ष्य नै थियो । एउटा ब्राण्डको स्थापना गरौँ । घाटा नाफा, सफल, विफल भन्ने भविष्यमा देखिएला । एक कृषकको छोरोले साहस लिएको छ । स्वच्छ छविले पानी फ्याक्ट्री सञ्चालनमा आएको १५ दिन भएको छैन मैले सुलभ मूल्यमा पानी उपलब्ध गराइरहेको छु । त्यसकारण म धन्यवादको पात्र छु ।’

उद्यमी खनालले दुई वर्षसम्म एक वटा २० लिटर जारको मूल्य ४५ रुपैयाँ नै कायम रहने बताउँदै दुई वर्षपछि ५० बनाइने जानकारी दिए । पाँच वटा भन्दा बढी जारको पानी किन्नेलाई उनले ३५ रुपैयाँमा पानी उपलब्ध गराउँदै आएको पनि बताए ।

बढ्दै गरेको विश्व बजारको चरम आर्थिक मन्दी र दैनिक अवसरको खोजीमा युवाहरु विदेश पलायन पद्दती र आम नागरिकका स्वास्थ्यलाई ख्याल राख्दै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने हेतुले फ्याक्ट्री सञ्चालनमा ल्याइएको बताए । यसबाट भिमाद आसपासका मानिसले स्वच्छ र स्वस्थ पानी पिउन पाउनुका साथै स्थानीय युवाहरुले पनि रोजगारीको अवसर प्राप्त गर्ने उनको भनाई छ ।