२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बच्चाहरुको दाँत बिग्रदै छ,दाँत सुरक्षाका लागि यस्ता छन् सूत्र (भिडियोसहित)



अ+ अ-

काठमाडौं । दाँतको भूमिका खाना चपाउनका लागि मात्र होइन, सुन्दर देखाउन पनि हो ।

तर यहि दाँतको ख्याल भने हामीले त्यति गरेको पाईँदैन । नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान दिँदैनौँ । सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गरेको चिकित्सकको भनाई छ ।

मुख स्वास्थ्यको मात्र हेरचाह गर्दा पनि ९० प्रतिशत रोग लाग्न पाउदैनन् । यही मुखको सबैभन्दा महत्वपूर्ण अंग हो दाँत । त्यसैले दाँतको सरसफाई र स्वस्थताका विषयमा बरिष्ठ दत्त चिकित्सक डा.प्रकाश भट्टराईले यसका सुरक्षाका सुत्रहरु बताउनु भएको छ ।

दाँतको सुरक्षाका लागि चिकित्सकको सुझाब

सकेसम्म जङ्क फुड र फास्ट फुडको कम प्रयोग गर्ने । किनकी एसिडिक खानेकुरा, कोल्ड ड्रिंक्स खाएको आधा या एक घण्टासम्म ब्रस गरिएन भने त्यसले दाँतलाई कमजोर बनाउँछ ।

-धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, तातो चिसो खादाँ दाँतको संवेदनशीलतामा ह्रास आउने गर्छ ।

– खाना खाइसकेपछि या गुलियो खानेकुरा खाएपछि ब्रस गर्नुपर्छ , ब्रस गर्न नमिलेमा मुख राम्रोसँग कुल्ला गर्नुपर्छ ।

-सूर्तिजन्य पदार्थ सेवनका कारण दाँत फोहोर देखिनुका साथै अरु समस्या देखिन्छ । तसर्थ यस्ता पदार्थको सेवन नगर्दा दाँतलाई सुरक्षित राख्न सकिन्छ ।

-दाँतको बिचमा जमेको फोहोरले गर्दा श्वास गनाउने हुदाँ खाना खाइसकेपछि डेन्टल फल्स र या दाँतमा अड्किएको फोहोर निकाल्न इन्टरडेन्टल ब्रसको प्रयोग गर्न सकिन्छ ।

-गुलियो, क्यामिकलयुक्त र जङ्क फुटको प्रयोगले दाँतमा ब्याक्टेरिया संक्रमण ल्याउने र दाँत दुख्न सक्ने हुनाले दिनको दुईपटक खाना खाईसकेपछि ब्रस गर्नुपर्छ ।

-दाँतको सामान्य दुखाईमा नुनपानीले मुख कुल्ला गर्ने

-दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने

-महिनाको फरकमा दाँतको जाचँ गराउने




भर्खरै