२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको चन्द्रमामा यान सफलतापूर्वक चन्द्रमामा अवतरण



अ+ अ-

एजेन्सी । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ ।

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ । जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ ।

यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन नसकेपछि यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बीर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जाक्साले बताएको छ ।

“स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ जुन घण्टौंसम्म मात्र टिक्छ,” जाक्साका अधिकारीहरूले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने ।

अवतरणपछि चन्द्रमाको सतहबाट तथ्याङ्क लिने कामजाक्साका लागि प्राथमिकतामा रहेको अधिकारीले बताएका छन् । स्लिमको अवतरणसँगै जापान, अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ ।

चन्द्रमामा पहिलो मानव अवतरणको ५० वर्षभन्दा धेरै समयपछि धेरै मुलुक र निजी कम्पनीहरूले यात्रालाई नयाँ बनाउने प्रयास गरिरहेका छन् तर क्र्यास ल्यान्डिङ, सञ्चारमा समस्या र अन्य प्राविधिक समस्या व्याप्त छन् ।

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो । बिहीबार अन्तरिक्ष यान फिर्ता हुने क्रममा पृथ्वीको वायुमण्डलमा जल्ने सम्भावनापछि दक्षिणी प्रशान्त महासागरमा उसको सम्पर्क विच्छेद भएको थियो ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमअन्तर्गत चालक दल भएको चन्द्र मिसनको योजना पनि स्थगित गरेको छ । यसअघि एउटा सार्वजनिक र एउटा निजी गरी दुईटा जापानी यान चन्द्रमामा पठाउने दुई वटै प्रयास असफल भएका थिए ।

दुई वटा असफल चन्द्र अभियान र टेकअफपछि विस्फोटसहित हालैका रकेट असफलतापछि अन्तरिक्षमा यो सफलताले उच्च प्रविधिको जापानी प्रतिष्ठालाई पुनःस्थापित गरेको छ ।