२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय देवरकोन्डाले भने-रश्मिकासँगको इन्गेजमेन्टको खबर झुटो



अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय देवरकोन्डाले अभिनेत्री रश्मिका मन्दनासँगको इन्गेजमेन्टको खबरलाई अफवाह भनेका छन् । उनले आफूले तत्काल इन्गेजमेन्ट र बिहे नगर्ने पनि बताएका छन् ।

केही दिनदेखि तेलुगु सुपरस्टार विजय र रश्मिकाको इन्गेजमेन्टको हल्ला चलेको थियो । खबर अनुसार विजय र रश्मिकाले फेब्रुअरीको दोस्रो साता इन्गेजमेन्ट गर्न सक्ने बताइएको थियो । यस्तो अवस्थामा विजयले अहिले यी अफवाहहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

लाइफस्टाइल एशियासँग कुरा गर्दै उनले भने–‘फेब्रुअरीमा मेरो इन्गेजमेन्ट वा बिहे हुनेवाला छैन । मिडियावासीले मलाई हरेक दुई वर्षमा बिहे गरून् जस्तो लाग्छ । हरेक वर्ष यस्तो हल्ला सुन्छु । उनीहरु मलाई पक्रन र बिहे गराउनको लागि मात्रै घुमिरहेका छन् ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’ मा विजय र रश्मिका सँगै देखिएका थिए । त्यसपछि सन् २०१९ मा रिलिज भएको फिल्म ‘डियर कम्रेड’ मा पनि दुवै एकसाथ देखिएका थिए । यस फिल्ममा विजय रश्मिकाको अनस्क्रिन केमेस्ट्रीलाई निकै मन पराइएको थियो । फिल्मको सेटबाट दुवै रिलेसनसिपमा रहेको खबर आए पनि दुवै कलाकारले यसबारे खुलेर कुरा गरेका छैनन् ।




भर्खरै