२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले बोलायो स्वास्थ्यमन्त्री, मन्त्रालयको प्रगति विवरण माग



अ+ अ-

काठमाडौँ । संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्यमन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो ।

सोमवार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरुले दिएको प्रश्तुती चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको पनि समितिका सभापति भानुभक्त जोशीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रुपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

सभापति जोशीले भन्नुभयो, ‘हामीले एउटा कुरा त मन्त्रीज्युलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमती गर्‍यौं । दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरुको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौं । तेस्रो भनेको स्वास्थ्यसँग आवद्ध भएको स्वायत्त निकायहरु खासगरी बीमा बोर्ड राष्ट्रिय चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुसँग पनि छुट्टाछुट्टै हामीले बैठक गर्ने भन्ने तेस्रो निर्णय गर्‍यौं ।’

समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरुको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरु राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।
—न्युज एजेन्सी नेपाल