२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको नयाँ मूर्तिको नाम के राखियो ?



अ+ अ-

अयोध्या । अयोध्याको राम मन्दिरमा स्थापित भगवान रामको नयाँ मूर्तिको नामाकरण गरिएको छ । जसअनुसार नयाँ मूर्ति ‘बालकराम’को नामले चिनिनेछन् ।

जनवरी २२ (सोमबार) प्राण प्रतिष्ठामा सहभागी पुजारी अरुण दीक्षितका अनुसार नयाँ मूर्तिलाई बालकराम नाम दिनुको कारण भगवान् ५ वर्षको उमेरका बालकजस्तै देखिनु हो ।

वाराणसीका बासिन्दा अरुण दीक्षितले भने – जब मैले पहिलो पटक मूर्ति देखेँ, मेरो खुशीको सीमा रहेन । मेरो आँखामा खुसीका आँसु बग्न थाले । त्यतिबेलाको अनुभूति म शब्दमा व्यक्त गर्न सक्दिनँ ।

उनले अहिले सम्म ५०-६० वटा ठूला अभिषेकमा संलग्न भएपनि यो आफ्नो जीवनको सबैभन्दा अलौकिक, दिव्य र उत्कृष्ट कार्यक्रम भएको बताए । प्रतिमाको पहिलो झलक जनवरी १८ मा पाएको दीक्षितले बताए ।

सोमबार अर्थात २२ जनवरीमा रामलल्लाको अभिषेक पूजामा प्रधानमन्त्री मोदी र आरएसएस प्रमुख मोहन भागवत सहित ६ अतिथिहरू सहभागी भए । त्यसपछि मोदीले करिब ३५ मिनेटको भाषण दिए ।

प्रधानमन्त्रीले भने–केहीले भनेका थिए राम मन्दिर बनेमा आगो लाग्छ । राम मन्दिरले आगोलाई होइन उर्जालाई जन्म दिएको छ ।