२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा पोखरा गोल्डकपः थ्रिस्टार विजयी



अ+ अ-

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा १ रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु भएको छ ।

पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराको टोली थ्रिस्टार क्लबसँग पराजित भएको छ । थ्रिस्टारले घरेलु टोलीलाई २–१ गोलले पराजित गरेको हो । पहिलो हाफमा एक÷एक गोलको बराबरी खेलेपछि दोस्रो हाफमा थ्रिस्टारले थप एक गोल ग¥यो ।

खेलको पाँचौँ मिनेटमा कप्तान योगेश गुरुङले फ्रिकिकमा आएको बल पेनाल्टी एरियामा नियन्त्रणमा लिँदै गोल गरेपछि थ्रिस्टारले अग्रता बनायो । तर २३औँ मिनेटमा सहाराका आशिष गुरुङले बराबरी गोल गरे । गुरुङले हेडमार्फत गोल गरे ।

खेलको ५९औँ मिनेटमा सहाराका अनिश तामाङले बल नियन्त्रण गर्ने क्रममा आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि थ्रिस्टार अघिल्लो चरण प्रवेश गर्न सफल भयो । खेलमा थ्रिस्टारका कप्तान योगेश गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार पुरस्कार पाए । थ्रिस्टारले अब क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिएको थियो । उनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले रु ५० हजार पाँच र सम्मानपत्रबाट सम्मान गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताए ।

विसं २०७४ देखि खेलाडीलाई सम्मान गर्न थालिएको हो । हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् । आगामी माघ २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेतालाई रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा आयोजक सहारासहित थ्रिस्टार क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, पारो फुटबल क्लब, भुटान र नेपाल एपिएफ क्लब सहभागी छन् ।