२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडका यी हस्तीहरु जसले पछाडिको थर प्रयोग गर्दैनन्



अ+ अ-

एजेन्सी । धेरै पटक बलिउड सेलिब्रेटीहरूले सफलता हासिल गर्न आफ्नो नाम परिवर्तन गर्छन् वा नामको स्पेलिंगमा थोरै परिवर्तन गर्छन् । तर, केही स्टारहर यस्ता पनि छन् जसले आफ्नो करियरमा आफ्नो नामको साथ उपनाम (थर) प्रयोग गरेका छैनन् ।

काजोल


काजोलको पूरा नाम काजोल मुखर्जी हुन्थ्यो । अभिनेता अजय देवगनसँग विवाह गरेपछि उनी काजोल मुखर्जी देवगन भइन्, तर काजोलले कहिल्यै पनि उपनाम प्रयोग गरिनन् । काजोलले आमाबाबु छुट्टिएपछि आफ्नो उपनाम छाडेको बताइएको छ । काजोलकी आमा अभिनेत्री तनुजा र बाबुको नाम शोमु मुखर्जी हो । अभिनेत्रीका पिताको सन् २००८ मा निधन भएको थियो ।

तब्बू


तब्बुको पूरा नाम तबस्सुम हाश्मी हो । फिल्ममा आएपछि उनले आफ्नो नाम तब्बु राखिन् । अभिनेत्रीले यसमा आफ्नो थर कहिल्यै जोडिनन् । तब्बु अभिनेत्री फराहकी कान्छी बहिनी र शबाना आजमी, तन्वी आजमी र बाबा आजमीकी भतिजी हुन् ।

वैजयन्तिमाला


दिग्गज अभिनेत्री वैजयन्तिमालाले धेरै हिट फिल्ममा आफ्नो अभिनयको जादु देखाइसकेकी छिन् । यद्यपि, उनी नामसँगै थर पनि प्रयोग गर्दिनन् । अभिनेत्रीको पूरा नाम वैजयन्तीमाला रमन हो । उनको नाम आफैंमा यति ठूलो छ, सायद त्यसैले उनले आफ्नो थर कहिल्यै प्रयोग गरिनन् ।

रेखा


रेखाको पूरा नाम भानुरेखा गणेशन हो, तर उनले रेखालाई छोटो बनाइन् र कहिल्यै आफ्नो थर प्रयोग गरिनन् । रेखाको बुवासँग राम्रो सम्बन्ध नभएको कारण पनि हुनसक्छ जसकारण उनले कहिल्यै आफ्नो थर प्रयोग नगरेको हुनसक्छ ।

धर्मेन्द्र


धर्मेन्द्रलाई बलिउडको हिम्यान भनेर चिनिन्छ । यो उमेरमा पनि उनी चलचित्रमा निरन्तर सक्रिय छन् । धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो, तर फिल्ममा आएपछि उनी धर्मेन्द्र बने र यो नामले उनलाई फ्यानहरुले धेरै माया दिए ।

गोविन्दा


गोविन्दालाई बलिउडका दिग्गज कलाकारमा गनिन्छ । ९० को दशकमा आफ्नो अभिनयले मानिसको मन जित्ने गोविन्दाको पूरा नाम गोविन्दा अरुण आहुजा हो, तर फिल्मी दुनियाँमा आएपछि उनले गोविन्दालाई छोटो बनाए ।