२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको उर्लाबारीमा भेटिएको हिउँ चितुवा जावलाखेल चिडियाखानामा ल्याइयो



अ+ अ-

काठमाडौँ । मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडिया खाना,जावलाखेल ल्याइएको छ ।

गत बुधवार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रवार जावलाखेलमा ल्याइएको हो । शुक्रवार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँ चितुवालाई उद्धार गरेर जावलाखेल सदर चिडियाखाना ल्याइएको जानकारी दिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धु ढुङ्गानाले उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएकाले उपचार गरेर बासस्थानमा पठाउने बताउनु भयो । उहाँले सदर चिडियाखानामा हिउँ चितुवा उद्धारको लागि राखिएको बताउनु भयो । उहाँले उर्लाबारी क्षेत्रमा हिउँ चितुवा भेटिनु अस्वभाविक भएको बताउनु भयो । उहाँले पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको बताउनु भयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले नेपालमा भेटिने समस्याग्रस्त वन्यजन्तुको उद्धार र संरक्ष्णमा राष्ट्रिय प्रकृति संरक्षण कोष जोडिँदै आएको बताउनु भयो । उहाँले आफूहरुले मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा बचाउनु पहिलो कर्तव्य भएको बताउनु भयो । उहाँले उर्लाबारीमा भेटिएको चितुवालाई सानैदेखि मानिसहरुले संरक्षण गरेर राखेको हुनसक्ने बताउनु भयो । अधिकारीले सानैदेखि घरमा पालेर राखिएको चितुवाले शिकार गर्न नसक्ने बताउनु भयो । उहाँले चितुवाको पछाडिको देब्रे खुट्टामा चोट रहेकाले हिँड्न नसक्ने बताउनु भयो । उहाँले उपचार भएर हिउँ चितुवा स्वस्थ्य भएमात्रै बासस्थानमा पठाउन सक्ने बताउनु भयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले हिमालमा बस्ने हिउँ चितुवा गर्मी स्थान मोरङको उर्लाबारीमा भेटिनु भनेको जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावको पहिलो इन्डिकेटर भएको बताउनु भयो । उहाँले हिउँ चितुवा तराईमा भेटिनुले जलवायु परिवर्तनमा आएको असरलाई संकेत गर्ने बताउनु भयो । उहाँले बासस्थानको हिसावमा माथि जानुपर्नेमा हिउँ चितुवा हिमालबाट तराई झरेकाले अध्ययनको विषय बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा हिउँ चितुवाका सम्भावित बासस्थन भएपनि सबैभन्दा कम उचाईमा हिउँ चितुवा भेटिनु अध्ययनको विषय बनेको बताउनु भयो । उहाँले मन्त्रालयले विज्ञ सहितको अध्ययन कार्यदल बनाएर अध्ययन गर्ने बताउनु भयो ।

हिउँ चितुवा विज्ञ प्रा.डा.करणबहादुर साहले हिउँ चितुवा असामान्य किसिमबाट उर्लाबारी पुगेको हुनसक्ने बताउनु भयो । उहाँले उर्लाबारीमा प्राकृतिक रुपमा हिउँ चितुवा आउँदा ताप्लेजुङ कञ्चनजंगा,सोलुखुम्बु,मकालु वा संखुवासभादेखि आउनुपर्ने बताउनु भयो ।

पूर्व कञ्चनजंगादेखि पश्चिम अपिनप्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँ चितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा रहेका १२ संरक्षित क्षेत्र तथा आसपासका स्थान हिउँ चितुवाका सम्भावित बासस्थन हुन् । नेपालमा २०१ देखि ४ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ । —न्युज एजेन्सी नेपाल