२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छः नेता वाग्ले



अ+ अ-

दमौली । सांसद डा स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहनुभएका तनहुँ–१ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताउनुभयो ।

आज तनहुँ उद्योग वाणिज्य सङ्घको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।”

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।

रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौँ तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौँ ।”

डा वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको जानकारी दिनुभयो । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकतामाथि चर्चा गर्दै वाग्लेले भन्नुभयो, “सार्वजनिक खर्चमा देखिएको शिथिलतालाई समाधान गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा लगानीका वातावरण भित्र्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रियताको भावना विकास भएमात्रै मुलुक बन्न सक्ने बताउनुभयो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गराउनुभयो । त्यस्तै मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले संस्थाको गरिमालाई अझ उचो बनाउने प्रतिबद्धता जनाउनुभयो । रासस