२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा युवासंघका अध्यक्ष केसीको नेतृ रेखा प्रति कटाक्ष: लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै पुग्दैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पार्टी नेतृ रेखा थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै नपुग्ने टिप्पणी गर्नुभएको छ ।

केही दिन अघि राप्रपा अध्यक्ष लिङ्देनले देशको अबस्था बिग्रदै जाँदा नयाँ पुस्तालाई जन्म दिन समेत बिदेश गएको बताउनु भएको थियो ।  राप्रपा नेतृ थापा पनि प्रसुतिका लागि हाल अमेरिका हुनुहुन्छ ।

आफु माथी अध्यक्षले कटाक्ष गरेको भन्दै थापाले सामाजिक संञ्जाल मार्फत लिङ्देनलाई देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्छ नी अमेरीकामा किन राखेको भन्दै प्रश्न गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देन पुत्रि अध्यायनका लागि हाल अमेरिका मा हुनुहुन्छ ।

अध्यक्ष प्रति थापाको टिप्पणी पछि केसीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने तिम्रो हैसियत पुग्दैन रेखा । Rekha Thapa
योग्यता र क्षमता भएका सबैले संसारको जुनसुकै युनिभर्सिटीबाट आफ्नो शैक्षिक डिग्री प्राप्त गर्न सक्छन् । हाम्रो अध्यक्षको छोरीले अध्यक्षको छोरी भएबापत विशेष सेवा, सुविधा लिएर र प्राथमिकतामा परेर विदेशमा अध्ययन गर्न गएकी होइनन् । अरु सरह काम गरेर आफ्नो अध्ययनलाई अघि बढाउदैछिन् । ढुक्क हुनुहोस् अध्ययन सकिनासाथ उनी नेपाल फर्किन्छिन् । उनका अग्रज, समकालीन र जुनियर साथीहरु कार्डको प्रक्रियामा लाग्दापनि उनी त्यस्तो प्रक्रियामा सहभागी हुने सोचाइ र रुचिमा छैनन् । देश फर्कने र देशमै भविष्य खोज्ने उसको दृढता छ । भ्रम सिर्जना नगरौं ।