२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडि दुर्घटनामा परिन् रचना रिमाल



अ+ अ-

काठमाडौँ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ ।

आइतबार अपराह्न पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले उनी चढेको गाडीलाई ठक्कर दिएको थियो ।

नेपालगञ्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बाप्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना१६च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो ।

गायिका रिमाल सकुशल छिन् । उनीसँगै गाडीमा तीनजना सवार थिए । उनीहरु पनि सकुशल रहेको रचनाले जानकारी दिइन् । लमहि महोत्सवमा हुने भनिएको उनको साङ्गितिक प्रस्तुति भोलि हुने पनि उनले बताइन् ।