२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर र आलिया दुवैले पाए उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड



अ+ अ-

एजेन्सी । ६९औँ फिल्मफेयर अवार्डको घोषणा आइतबार राति भएको छ । रणवीर कपूरले एनिमलमा आफ्नो भूमिकाका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

यस्तै रकी और रानी की प्रेम कहानीका लागि आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड प्रदान गरियो ।

यस्तै, टुवेल्थ फेलले सर्वोत्कृष्ट चलचित्र र उत्कृष्ट पटकथाको अवार्ड प्राप्त गर्यो । सोही फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड पनि दिइएको थियो ।

शबाना आजमीले रकी और रानी की प्रेम कहानीबाट उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

ओएमजी २लाई उत्कृष्ट कथाको अवार्ड प्रदान गरियो । इशिता मोइत्राले रकी और रानी की प्रेम कहानीका लागि सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर अवार्ड प्राप्त गरिन् ।

यस बाहेक पठानको गीत बेशरम रंगका लागि शिल्पा रावले उत्कृष्ट महिला पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् ।