२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक परिवेशमा बनेको ‘डिङ्नो’को प्रसारण सुरु



अ+ अ-

काठमाडौँ । नयाँ टेलिश्रृंखला ‘डिङ्नो’को प्रसारण सुरु भएको छ । सामाजिक परिवेशलाई जिवन्त उतार्दै फरक स्वादमा फरक भूगोलबाट निर्माण गरिएको डिङ्नोको गएको सोमबारदेखि हिमालय टेलिभिजन र ईएच डिजिटल युट्युवमार्फत प्रसारण सुरु भएको छ ।

टेलिश्रृंखलाको पहिलो भाग सार्वजनिक भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ । धेरैले मौलिक कथामा निर्माण भएको र कथा मनपरेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामिण परिवेशको प्रतिनिधित्व गरेको कथाले समग्र देशका कुना कन्दरा र विदेशसम्मका भोगाई छुने प्रयास गरिएको टेलिश्रृंखलाका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिएका छन् ।

‘हजारौँ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको झिनो सपनाको झोला बोकेर विभिन्न बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गरेका छौं,’ निर्देशक बुढाथोकीले भने ‘हिजोको हराभरा परिवेश भएका गाउँबस्ती आज सुनसान मात्रै होइन कहिलेकाहिँ त् मलामी बिहिन पनि बनेको छ । यस्ता कुरालाई केहिहदसम्म रोक्ने प्रयास टेलिश्रृंखला डिङ्नोले गर्ने विश्वास लिएका छौं ।’

डिङ्नो प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखि ९ बजेसम्म प्रसारण भइरहेको छ । डिङ्नोमा कुलदिप अधिकारी, रोश्नी कार्की, जेबि डिसी, बिष्णु बुढाथोकी, पुर्ण बहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ ।

योगेश काजीको शिर्ष गीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पुर्ण बहादुर गन्धर्वको पटकथा तथा संवाद रहेको छ । यस्तै सन्जिव कार्कीको सहायक निर्देशक, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माता र शैलेश खत्री निर्मातामा रहेका छन् । कथा भने कुल्दिप अधिकारीको रहेको छ । टेलिश्रृंखला एडी रिलिजले बजार व्यवस्थापन गरेको छ ।