२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई १४ वर्षको जेल सजाय



Imran Khan and his wife
अ+ अ-

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई सरकारी उपहार अवैध रूपमा बिक्री गरेको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले भ्रष्टाचारका मुद्दामा दम्पतीलाई १४ वर्षको लागि सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य र ७५ करोड ७० लाख रुपैयाँ (२.७ मिलियन डलर) जरिवाना पनि तोकेको छ। बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् ।

मंगलबार मात्रै इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । राज्य गोप्य खुलासा गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो सजाय सुनाइएको हो।

सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

खानले आफू विरुद्ध भएका कैयौँ मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताउदै आएका छन् ।