२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले मेलम्चीसहित २१ अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ । मेलम्चीसहित अलपत्र रहेका २१ आयोजनाहरूमा दबाब दिन पैदल यात्रा गर्न लागेको रास्वपाले जनाएको छ ।

माघ २१ गते मेलम्ची खानेपानी आयोजनामा दबाब दिएर यात्राको सुरुवात गर्न लागिएको रास्वपाले जनाएको छ । दबाबको लागि पार्टीले प्रतिनिधिसभा सांसदहरूलाई जिम्मेवारी दिएको छ । सातै प्रदेशमा तीन वटाका दरले २१ आयोजनाहरूमा दबाब यात्रा गर्ने लागिएको हो ।

बागमति प्रदेशमा सभापति रवि लामिछाने सहितले मेलम्ची खानेपानी आयोजनामा र नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन् ।

कोशी प्रदेशमा तोसिमा कार्कीसहितले भेडेटार-रवि-राँके सडक, निशा डाँगीले सगरमाथा राजमार्ग(गाईघाट-दिक्तेल र अशोककुमार चौधरीले सडक),इनरूवा-देवानगंज_कोवाखोच सडकमा दबाब यात्रा गर्नेछन् ।

मधेशमा गणेश पराजुलीले कमला पूल (धनुषा र सिरहा)  र हेटौंडा-ढक्लेवर- इनरूवा ट्रान्समिसन लाइन, उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र मनीष झासहितर्ले जनकपुर परिक्रमा सडक (धनुषा)मा दबाब यात्रा गर्नेछन् ।

गण्डकी प्रदेशअन्तर्गत बुर्तिबाङ-बाग्लुङ सडक (मध्यपहाडी लोकमार्ग, पहिलो खण्ड)मा शिव नेपालीसहित, घुमाउने पुल र सडक (चितवन र तनहुँ) स्तरोन्नतिमा स्वर्णिम वाग्लेसहित र ११ किलो-छेपेटार-भालुस्वाँरा -वारपाक सडक (गोरखा)हरि ढकाल, कविन्द्र बुर्लाकोटीसहित रहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा घोराही-तुल्सीपुर-सल्यान (पश्चिम रूकुम)मा शिशिर खनाल, न्यू बुटवल -गोरखपुर ट्रान्समिसन लाइनमा
डा. मुकुल ढकाल र लुम्बिनी विकास गुरुयोजनामा लक्ष्मी तिवारीसहितले दबाब यात्रा गर्नेछन् ।

कर्णाली प्रदेश मा भेरी-बबई डाइभर्सनमा बिनिता कठायत, कर्णाली राजमार्ग (दैलेख खण्ड)मा सन्तोष परियार र कोहलपुर-सुर्खेत -जुम्ला ट्रान्समिसन लाइनमा विन्दाबासिनी कंसाकार र अनिलकेशरी शाहले दबाब दिनेछन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली करिडोरमा असिम शाह, दैजी-जोगबुढा सडक चन्दा कार्की तथा दीपकराज बोहरा र धनगढी-दीपायल फास्ट ट्र्याकमा विराजभक्त श्रेष्ठसहितले दबाब यात्रा गर्नेछन् ।

रास्वपाले यसअघि नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो ।