२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्षपछि बलिउडमा गुञ्जिदैँछन् आतिफ असलम



अ+ अ-

एजेन्सी । पाकिस्तानी गायक आतिफ असलम सात वर्षको लामो अन्तरालपछि बलिउडमा कमब्याक गर्ने तयारीमा छन् । अब चाँडै नै उनको स्वर बलिउडमा सुनिनेछ ।

बक्स अफिस वर्ल्डवाइडको रिपोर्ट अनुसार आतिफ असलमले ‘लभ स्टोरी अफ नाइन्टीज’ को टिमसँग सहकार्य गरेका छन् । यो फिल्म अमित कसरियाले निर्माण गर्दैछन् । उनले फिल्ममा एउटा मात्र गीत गाएको चलचित्र निर्माण पक्षले खुलासा गरेको छ । फिल्मको शीर्षकसँग मेल खाने यो गीतलाई रोमान्टिक नम्बर मानिएको छ । आतिफले हिट रोमान्टिक गीत दिने भएकाले उनका फ्यानहरु उत्साहित भएका छन् ।

निर्माता तथा वितरक हरेश सांगानी र धर्मेश संगानीले आतिफ असलमसँग काम गर्न पाउँदाको उत्साह रहेको बताएका छन् । उनले भने, ‘७–८ वर्षपछि आतिफ अस्लमको पुनरागमन निकै आश्वस्त छ । हाम्रो फिल्म ‘लभ स्टोरी अफ ९० को’ मा उनले पहिलो गीत गाएका हुनाले हामी धेरै खुसी छौं । यो खबर थाहा पाएपछि आतिफ अस्लमका फ्यानहरु निकै रोमाञ्चित हुनेछन् । उनी हाम्रो फिल्मबाट बलिउडमा कमब्याक गर्न लागेका छन् ।’

सन् २०१६ मा उरी आतंकवादी हमलापछि पाकिस्तानी कलाकारलाई भारतीय फिल्म उद्योगमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । ४० वर्षीय गायक आतिफ असलमले सन् २००३ मा ‘जल’ नामक चर्चित ब्याण्डबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । आतिफले ‘दिल दिए गलाँ’ ‘पहली नजर मे’, ‘बखुदा तुम्ही हो’, ‘तु जाने ना’, ‘जीना जीना’, ‘मै रंग शरबतों का’ लगायत धेरै लोकप्रिय बलिउड ट्र्याकहरू गाएका छन्। उनेको आवाजको संसारभरि लाखौं प्रशंसक छन् ।