२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डीमा रिफर गरियो



अ+ अ-

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका चौधरीलाई ‘स्वास्थ्यमा समस्या’ देखिएको भन्दै बिहिबार राति चिरायु अस्पतालमा भर्ना गरिएको थियो । उनलाई चिरायु अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको सिआईबीका एक अफिसरले बताए ।

चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । सोहि प्रकरणमा पक्राउ परेका बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ । स्वास्थ्यमा खराबी भएपछि उनलाई पनि बिहिबार चिरायु अस्पताल लगिएको थियो ।

उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।