२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अभिनेता विजयले राजनीतिक पार्टी खोले



अ+ अ-

एजेन्सी । लोकसभा चुनाव अघि साउथ अभिनेता विजयले तमिलनाडुमा राजनीतिक पार्टी खोलेका छन् । उनले पार्टीको नाम ‘तमिलगा वेत्री कझाम’ राखेका छन् । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी रहेको छ ।

अभिनेता विजयले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । तर, उनले लोकसभा चुनाव लड्न अस्वीकार गरेका छन् । विजयले कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताए । पार्टी बैठक बसेर सो निर्णय गरेको विजय बताउँछन् ।

विजयले फिल्ममा काम जारी राख्नुका साथै राजनीतिमा आएर तमिलनाडुका जनताको सेवा गर्ने पनि बताए ।

तमिलनाडुमा विजयको ठूलो फ्यान फलोइङ छ । उनको इन्स्टाग्राममा १०.५ मिलियन फलोअर्स र ट्विटरमा ४.९ मिलियन फलोअर्स छन् । उनी प्रायः खाँचोमा परेका मानिसहरूलाई सहयोग गरिरहेको देखिन्छन् ।

विजय सबैभन्दा धेरै पारिश्रमिक लिने तमिल अभिनेता हुन् । उनले आफ्नो आगामी फिल्म ‘थलापथी ६५’ को लागि १०० करोड पारिश्रमिक लिइरहेका छन् । शुल्कको मामिलामा उनले ‘दरबार’का लागि ९० करोड भारु लिने रजनीकान्तलाई पनि पछि पारेका छन् ।