२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली दोस्रो पटक बुबा बन्न लागेका छन्, डिभिलियर्सले दिए जानकारी



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान विराट कोहली फेरि बुबा बन्न लागेका छन् । यो जानकारी कोहलीका विशेष साथी र दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एबी डिभिलियर्सले दिएका छन् ।

३९ वर्षीय पूर्व ब्याट्सम्यान डी भिलियर्स भारत–इंग्ल्याण्ड टेस्टको दोस्रो दिन पछि आफ्नो युट्युव च्यानलमा लाइभ आए ।

एक प्रशंसकको प्रश्नमा डिभिलियर्सले भने, ‘मैले कोहलीलाई फोन गरेर उनको स्वास्थ्यबारे सोधेँ । त्यसमा विराटले आफू आफ्नो परिवारसँग रहेको बताए । थप कुरा गर्दै डिभिलियर्सले भने, ‘विराटको दोस्रो सन्तान आउन लागेको छ । यही कारण उनी परिवारसँगै छन् ।’

यसअघि विराट कोहली ११ जनवरी २०२१ मा पहिलो पटक बुबा बनेका थिए र अस्ट्रेलिया भ्रमण बीचमै छोडेर भारत आएका थिए । कोहलीले छोरीको नाम ‘वामिका’ राखेका छन् ।

विराट कोहली २५ जनवरीबाट सुरु भएको भारत–इंग्ल्याण्ड टेस्ट सिरिजको पहिलो दुई खेलमा टीम इन्डियाको हिस्सा छैनन् । उनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका हुन् ।

यसबारे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान रोहित शर्मा, चयनकर्ता र टोली व्यवस्थापनसँग कुरा गरेको र पारिवारिक कारणले बिदा लिएको बताएको छ । बोर्डले विराटको गोपनीयताको सम्मान गर्न पनि अपील गरेको छ ।