२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाली काराबास केन्द्रबाट भागेका ४१ रोहिङ्ग्या शरणार्थी पक्राउ



अ+ अ-

क्वालालम्पुर । म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुन: पक्राउ गरेको छ ।

उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन केन्द्रबाट भाग्नुअघि बिहीबार ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा मच्चाएका थिए ।

रोहिङ्ग्याहरू आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई भागेर सम्पन्न, मुस्लिम बहुल बङ्गलादेश, मलेसिया, इन्डोनेसिया र अन्य मुलुकहरूमा पुगी शरणार्थी शिविरहरूमा बस्दै आएका छन् ।

थाइल्याण्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्नेगरेका छन् । यसरी अवैधरूपमा विभिन्न मुलुक पुग्ने उनीहरूलाई पक्राउ गरी शिविर तथा हिरासत केन्द्रमा पठाइन्छ जहाँ सामान्यतया भीडभाड र फोहोर भएको अधिकारवादी समूहहरूले बताएका छन् ।

यसैबीच, अँध्यारोमा राजमार्ग पार गर्ने क्रममा बिहीबार भएको सडक दुर्घटनामा एक रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको पुष्टि भएको छ ।

सार्वजनिक सूचनाका आधारमा ४१ जना रोहिङ्ग्यालाई पाम आयल इस्टेट र नजिकैको तापाह र बिदोर शहर वरपरको जङ्गलमा पुन: पक्राउ गरिएको पेराकका प्रहरी प्रमुख मोहम्मद युसरी हसन बसरीले एएफपीलाई बताउनुभयो ।

“हामीलाई विश्वास छ धेरै जना जङ्गलमा लुकेर बसेका छन्”, उहाँले भन्नुभयो, “पक्राउ परेका सबै जना भोकाएका र थाकेका पाइएका छन् ।”

युसरीका अनुसार परार अन्य १३६ जना रोहिङ्ग्यालाई प्रहरी र अध्यागमन अधिकारीहरूले जङ्गल, नदी र गाउँहरूमा खोजी गरिरहेका छन् ।

दुई वर्षमा यस्तो ब्रेकआउट भएको यो दोस्रो पटक हो ।

सन् २०२२ मा उत्तरी पेनाङ्ग राज्यमा ५२८ रोहिङ्ग्या शरणार्थी हिरासतबाट भागेका थिए ।

राजमार्ग पार गर्ने क्रममा ६ जनाको मृत्यु भएको थियो भने सयौंलाई पुन: पक्राउ गरिएको थियो ।

हालैका महिनाहरूमा म्यान्माबाट भाग्ने जातीय रोहिङ्ग्याहरूको सङ्ख्यामा वृद्धि भएको छ । मध्य नोभेम्बरदेखि जनवरीको अन्त्यसम्ममा म्यान्माबाट भागेका एक हजार ७५२ रोहिङ्ग्या शरणार्थीहरू इन्डोनेसिया पुगेकासंयुक्त राष्ट्रसङ्घको रेकर्डले देखाएको छ । यसमध्ये अधिकांश महिला र बच्चाहरू छन् ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थीमामिला हेर्ने निकाय ९यूएनएचसीआर० का अनुसार सन् २०१५ यता मुस्लिम बहुल रहेको यी मुलुकमा पुग्ने सबैभन्दा ठूलो आप्रवासी सङ्ख्या हो ।

सन् २०२२ मा तीन हजार ५०० भन्दा बढी रोहिङ्ग्याले दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्रा गर्नेगरेको अनुमान गरिएको छ ।

यूएनएचसीआरका अनुसार सन् २०२२ को सुरुदेखि अहिलेसम्म करिब एक हजार रोहिंग्याको मृत्यु भएको छ वा उनीहरु बेपत्ता भएका छन् ।

एक लाखभन्दा बढी रोहिङ्ग्या मलेसियामा रहेका र धेरैले गैरकानुनी रूपमा निर्माण र अन्य कम तलबको रोजगारीमा काम गरिरहेका छन् ।