२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले तत्काल संघीय संरचना खारेज गर्ने लक्ष्य लिएको छ: कमल थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताउनुभएको छ ।

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उहाँको जिकिर थियो । आईतवार काठमाडौंमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताउनु भयो ।

उहाँले केही वर्ष भित्रमा नै राप्रपा, नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुनेगरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि एक वर्ष भित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाई थियो । उहाँले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणको कामलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘हाम्रो तात्कालिन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंंस्था पुनस्र्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने । यो उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं । र साथसाथै हामीले केही वर्ष भित्रमा नै राप्रपा, नेपाललाई देशका अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ । यो सबै काम सम्पन्न गर्नका लागि पार्टी संगठन बलियो हुनुपर्छ । र संगठनलाई बलियो बनाउन सक्रिय सदस्य बढी भन्दा बढी बनाउनु पर्छ ।’

अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको रुपमा टिप्पणी गर्नुभयो ।




भर्खरै