२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तारक मेहता का उल्टा चश्मा’को ठूलो उपलब्धि, शोले पूरा गर्यो ४ हजार एपिसोड



अ+ अ-

एजेन्सी । भारतीय लोकप्रिय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा अर्को उपलब्धि थपिएको छ । शोले आफ्नो ४०० एपिसोड पूरा गरिसकेको छ ।

शोको यो उपलब्धिले दर्शकमा यो शोको क्रेज कति छ भन्ने प्रमाण हो । सन् २००८ मा प्रशारण सुरु भएको सो शोले त्यसबेलादेखि निरन्तर दर्शकलाई मनोरञ्जन दिइरहेको छ । शो प्रति दर्शकको मायामा कुनै कमी आएको छैन ।

यो शो सुरुदेखि नै दर्शकमाझ निकै लोकप्रिय छ । यसमा दर्शकलाई भारतको सांस्कृतिक विविधता र परम्पराको पनि परिचय गराइन्छ । चाडपर्व जुनसुकै होस्, त्यसको रङ्ग यस कार्यक्रममा पनि देख्न सकिन्छ ।

यस शोको गोकुलधाम सोसाइटीसँग दर्शकहरु पनि निकै जोडिएका छन् । यही कारणले शोले सफलताको नयाँ आयाम छोएको छ । ४००० एपिसोडहरू पूरा गर्नु कार्यक्रमको लागि कोशेढुङ्गा मात्र होइन, यो दर्शकहरूको विश्वासको प्रमाण पनि हो ।

यस शोको सबैभन्दा ठूलो विशेषता यसमा विभिन्न संस्कृतिहरू देखाउनु हो । यो शो कस्तो सुन्दर समाज हुनुपर्छ भन्ने उदाहरण बनेको छ । वृद्धवृद्धा, युवा, बालबालिका, महिला सबै दर्शकको मनपर्ने यो शो हो । यो शो परिवार केन्द्रित छ । सामाजिक सञ्जालको यो युगमा दर्शकलाई परिवार नामक संस्थाको महत्व बुझाउन यस प्रकारको शोले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

‘तारक मेहता का उल्टा चश्मा’ ले आफ्नो सकारात्मक कथा कथनबाट दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहेको छ । मनोरञ्जनका अलावा यी शोले समय समयमा हास्यव्यंग्यका साथसाथै सशक्त सामाजिक सन्देश पनि दिइरहेका छन् । यस शोका निर्माता असित कुमार मोदीले शोको सफलतामा भने, ‘चार हजार एपिसोड पूरा गर्नु ठूलो अनुभव हो । कार्यक्रमको यो सफलता सामूहिक उपलब्धि हो । हाम्रो टोली दर्शकहरु प्रति आभारी छ ।