२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलन अगाडि कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाउन आवश्यक छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरुअनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

“लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानूनहरु संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । लगानी सम्मेलन अगाडि नै यी कानूनहरु संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ।”

उहाँले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देशमात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फीडेन्स आउने बताउनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताउनुभयो । “निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरु निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।

महासंघका अध्यक्ष ढकालले प्रक्रिया पूरा भएरर पनि रोकिएका कम्पनीहरुको आईपीओ निष्कासन गर्न अनुमती दिन आग्रह गर्नुभएको छ । “आईपीओमा जाने प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ रोकिएको छ । यो प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न खुल्ला गर्नुपर्छ । अहिले करिश २५र३० वटा कम्पनीहरु आईपीओमा लैजानका लागि प्रकृयाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ । यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।




भर्खरै