२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा चार्ल्सको क्यान्सर उपचारका समयमा राजकुमार विलियमले शाही जिम्मेवारी लिने



अ+ अ-

लण्डन । पिता तथा राजा चाल्र्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ ।

राजाको एक्कासी क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेशन भएकोले विलियमलाई थप शाही बोझको काँधमा आएको हो ।

चाल्र्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिनको र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किनुुभएको हो ।

उहाँले आफ्नो बुबाको उपचारका क्रममा चाल्र्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चाल्र्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चाल्र्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नुहुनेछ ।

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताएको छैन, यद्यपि यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बताउनुभएको थियो ।

सन् २०२२ सेप्टेम्बर ८ मा राजा चाल्र्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको र उहाँको शासनकालको १७ महिनापछि उहाँलाई यो समस्या रहेको पत्ता लागेको हो ।