२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्नुहुँदैन – अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गर्नुभएको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गर्नुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो । उहाँले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरु । सबभन्दा पहिले त दावी त आउनु प¥यो । दाबी नै नभई फलाना कि फलाना किन भन्नु ? जब सहमतीबाटै भइसकेपछि त विवाद गर्ने विषयनै बन्दैन । यो अहिलेको विषय भनेको अहिलेमा देशमा प्रधानमन्त्री हुुनुहुन्छ ।

उहाँले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउनुपर्ने छ । यस्तो बेलामा को–को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ? त्यसो हुनाले प्रधानमन्त्री वा मन्त्री सकैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरी हाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन । आवाज उठाउन पाइन्छ । दिनुपर्छ ।

संविधानको विरुद्धमा कसैले चुनौति दिन्छ भने सामना गर्ने हो । होइन भने संविधान प्रदत्त अधिकारको प्रयोग गर्न पाईन्छ । यो देशमा गणतन्त्रलाई फाल्न खोज्यो भने बेग्लै कुरा हो । अब संविधानलाई नै उखेलेर फाल्न खोज्यो भने बेग्लै कुरा हो । तर न्यायको निम्ति, अधिकारको निम्ति । भनौं अत्याचारका विरुद्धको आवाज बुलन्द गर्नका निम्ति पाउनुपर्छ ।’

अध्यक्ष नेपालले न्यायको निम्ति, अधिकारको निम्ति लडनेहरुलाई कसैले पनि प्रतिवन्ध लगाउन नमिल्ने बताउनु भयो ।

 




भर्खरै