३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई तीनै फाइनल उपाधिमा ‘धुलो चटाएको’ अष्ट्रेलिया



अ+ अ-

एजेन्सी । गत वर्ष घरेलु मैदानमा भएको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) र एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग सिनियर भारतीय टोली पराजित भएपछि आइतबार यू–१९ विश्वकपको उपाधि खेलमा पनि भारतीय युवा टोलीले अष्ट्रेलियाविरुद्ध निराश बन्यो ।

यसरी भारतले लगातार तीन पटक आईसीसीको फाइनलमा अष्ट्रेलियासँग हार बेहोर्न पुग्यो ।

दक्षिण अफ्रिकाको बेनोनीमा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतीय यू–१९ टोलीलाई ७९ रनले पराजित गर्दै चौथो पटक उपाधि जितेको छ भने उदय सहारनको नेतृत्वमा रहेको भारतीय टोली उपाधि रक्षा गर्न असफल भएको छ । अस्ट्रेलियाले हरजस सिंह (५५) को अर्धशतकीय पारीमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५३ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो ।

यो यस प्रतियोगिताको फाइनलमा बनेको उच्च स्कोर हो । यसअघि सन् १९९८ मा न्युजिल्यान्डविरुद्धको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले फाइनलमा तीन विकेट गुमाएर २४२ रन बनाएको थियो । जवाफमा भारतीय टोली ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो ।

जसरी गत वर्षको एकदिवसीय विश्वकपमा रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली सेमिफाइनलसम्म अपराजित रह्यो र फाइनलमा प्याट कमिन्सको नेतृत्वमा रहेको अष्ट्रेलियाको टोलीसँग पराजित भएको थियो, त्यसैगरी भारतको युवा टोली पनि सेमिफाइनलसम्म अपराजित रह्यो । एकदिवसीय विश्वकपमा अपराजित रह्यो, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको थियो र सेमिफाइनलसम्म कुनै पनि टोलीले पराजित गर्न सकेन ।

तर, उपाधि जित्ने क्रममा भारतीय अन्डर १९ टोलीले पनि अपराजित यात्रालाई निरन्तरता दिन सकेन । यस प्रतियोगिताको सर्वाधिक पाँच पटक उपाधि जितेको भारतीय टोली लगातार दोस्रो र छैटौं पटक उपाधि जित्ने लक्ष्य लिएर आएको थियो ।