३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।

क्यानडाको लागि नवनित धलिवलले अर्धशतक बनाए । उनीे ८२ बलमा ५ चौका प्रहार गर्दै ५० रन बनाएर आउट भए । निखिल दत्त ४५, कप्तान साद बिन ३१, श्रीमन्था विजयरत्न २२, श्रेयस मोभा २९, आरोन जोन्सन ४ र निकोलस किर्तोनले ३ रन जोडे ।

नेपालका लागि डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिए । यस्तै, कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपालले आजको खेल जिते तीन खेलको सिरिज क्लिनस्विप गर्नेछ ।