२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ महिनाको ब्रेकपछि काममा फर्किइन् सामन्था



अ+ अ-

एजेन्सी । साउथकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छन् । सामन्थाले आफ्नो पुनरागमनको घोषणा गर्दै एक भिडियो सेयर गरेकी छिन् । उनले अब स्वास्थ्य पोडकास्टमा काम गर्ने बताइन् ।

३६ वर्षीया अभिनेत्रीले आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । यसमा उनले भनिन्, ‘हो, म काममा ढिलो भएँ । अन्ततः। म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ । अब म मेरो एक साथीसँग रमाइलो गर्न जाँदैछु । यो एक स्वास्थ्य पोडकास्ट हुनेछ । यो मलाई साँच्चै मनपर्ने कुरा हो । अर्को हप्ता रिलिज हुन लागेकोले म धेरै भावुक र उत्साहित छु । मलाई आशा छ कि तपाईं मध्ये केहि यसलाई धेरै उपयोगी पाउनुहुनेछ । मलाई यसमा काम गर्न निकै रमाइलो लागेको छ ।’

सामन्थाले २०२२ मा आफू अटो इम्युन कन्डिसन (मायोसाइटिस) बाट पीडित भएको र त्यसपछि उपचारका लागि कामबाट विश्राम लिएकी थिइन् । सामन्थाको पछिल्लो रिलिज फिल्म ‘खुशी’ थियो जसमा उनी विजय देवरकोंडाको अपोजिट देखिएकी थिइन् ।

सामन्था अब वरुण धवनसँग वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । ब्रेकमा जानुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब सिरिजको सुटिङ पनि गरिरहेकी थिइन् । हालै उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै निर्माताहरुले उनलाई र वरुणलाई यो शोको पहिलो झलक देखाएको बताएका थिए । यस सिरिज बाहेक सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन् जुन उनको पहिलो विदेशी फिल्म हुनेछ ।

 




भर्खरै