२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत छ: शिक्षा राज्यमन्त्री



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गर्नुभएको हो । उहाँले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरु बिरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अख्तियारले प्रश्न गरेको व्यक्ति अहिले युनिर्भसिटी ग्रान्ट काउन्सिल(क्युएए, काउन्सिल)मा पदाधिकारीको रुपमा छ । र सर्टलिस्टेडमा उहाँको नाम पनि छ । अहिलेको पदाधिकारीमा उहाँ हुनुहुन्छ नि नेपाल सरकारको । र सिफारिस समितिमा त्यो निवेदकको बिरुद्ध कुनै उजुरी पनि परेको छैन । त्यसैले त्यो प्रोसेसमा छ । बौद्धिक चोरी पछि, भिसी भएर समय समाप्त भएपछि यसपालि भिसी लिस्टमा रहेको अब कसैमाथि आरोप लागेको छ वौद्धिक चोरी गरेको छ भनेर, त्यो समय समाप्त भएपछि पनि त उहाँ भिसी पदमा बस्नुभएको थियो । र उहाँको सम्बन्धमा पनि कुनै उजुरी सिफारिस समितिमा परेको छैन ।’

‘त्यसैले उहाँ सर्टलिष्टमा पर्नुभएको छ । सूचना लुकाएको जुन आरोप लागेको छ, त्यो व्यक्ति हाल टियुको निमित्त भिसीमा हुनुहुन्छ । जसलाई आरोप लाग्यो तर उहाँ अहिले त निमित्त भिसी त हुनुहुन्छ । अहिले नेपाल सरकारको एउटा पदमा हुनुहुन्छ उहाँ । र उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । किनकी सिफारिस समितिमा उहाँको बिरुद्धमा कुनैपनि उजुरी परेको छैन । त्यसैले उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । त्यसैले मलाई पूर्ण विश्वास छ, सिफारिस समितिले जुन प्रोसेस अगाडी बढाएको छ भिसी सेलेक्शन सम्बन्धमा । त्यो प्रोसेस एकदम कानूनसम्मत छ ।’

राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमवार(आज)देखि नै छनौटका लागि प्रश्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडी बढेको जानकारी पनि दिनुभयो ।