३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व कीर्तिमानी म्याराथन धावक र उनका प्रशिक्षकको कार दुर्घटनामा मृत्यु



अ+ अ-

एजेन्सी । विश्व कीर्तिमानी म्याराथन धावक केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार पश्चिमी केन्यामा कार दुर्घटनामा मृत्यु भएको छ ।

२४ वर्षीय किप्टम गाडीको नियन्त्रण गुमाएपछि कार सडक छोडेर करिब ६० मिटर टाढाको खाल्डोमा खसेर ठूलो रुखमा ठोक्किन पगुगेको थियो । एल्गेयो माराक्वेट काउन्टीका प्रहरी कमाण्डर पिटर मुलिङ्गका अनुसार दुर्घटना आइतबार राति ११ बजे (स्थानीय समय) एल्डोरेट–कप्तागाट सडकमा भएको हो ।

दुर्घटनाग्रस्त कार

किप्टमले टोयोटा प्रिमियो चलाउँदै थिए, केन्याको अखबार डेली नेसनले रिपोर्ट गरेको छ । उनीसँग थप दुई यात्रु सवार थिए जसमा उनका कोच गेर्भाइस र एउटी महिला थिइन् जसको नाम शेरोन कोसगे रहेको बताइएको छ ।

दुर्घटनामा शारोन कोसगे गम्भीर घाइते भएकी थिइन् र उनलाई अस्पताल लगिएको थियो, जबकि एथलीट र उनका प्रशिक्षकले दुर्घटनामा ज्यान गुमाए । दुबैको शव रेसकोर्स अस्पतालको शवगृहमा राखिएको छ ।

किप्टम विगत केही वर्षहरूमा सडक दौडमा देखा पर्ने सबैभन्दा रोमाञ्चक नयाँ प्रतिभाहरू मध्ये एक थियो । उनले डिसेम्बर २०२२ मा भ्यालेन्सियामा २ः०१ः५३ मा आफ्नो म्याराथन डेब्यू जित्दा उनी चर्चामा आए ।

एक वर्ष भन्दा कम समयपछि आफ्नो तेस्रो म्याराथनमा, उनले शिकागोमा जित्नको लागि २ः००ः३५ को समयसँगै विश्व रेकर्ड तोडे । लन्डन म्याराथनमा २ः०१ः२५ को कोर्स रेकर्डमा उनको जितले उनलाई स्ट्याडिया बाहिरको पुरुष इभेन्टका लागि २०२३ को विश्व एथलीट अफ द इयर घोषित गरेको थियो ।