२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० लाख करोडको मार्केट क्याप हासिल गर्ने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स



अ+ अ-

एजेन्सी । मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिजको शेयर २० लाख करोड रुपैयाँको बजार पुँजीकरण लक्ष्य पार गर्ने पहिलो सूचीबद्ध भारतीय कम्पनी बनेको छ ।

मंगलबार बीएसईमा कम्पनीको स्टक १.८९ प्रतिशतले बढेर ५२ हप्ताको उच्च रु. २९५७.८० मा पुगेको छ । पछिल्लो दुई हप्तामा मात्रै शेयरको बजार मूल्य १ लाख करोड रुपैयाँले बढेको छ ।

जनवरी २९ मा १९ लाख करोड रुपैयाँको स्तरमा पुगेको थियो । यस क्यालेन्डर वर्षमा अहिलेसम्म भारतको सबैभन्दा मूल्यवान स्टकको मूल्य झण्डै १४ प्रतिशतले बढेको छ ।

रिलायन्सको मार्केट क्यापमा हालैको वृद्धिका कारण, यसका प्रमुख मुकेश अम्बानीको नेटवर्थ २०२४ मा १२.५ बिलियन डलरले बढेर १०९ बिलियन डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनी सबैभन्दा धनी भारतीय हुन् र विश्वका धनीहरूको सूचीमा ११ औं स्थानमा पुगेका छन् ।

मुम्बईमा रहेको रिलायन्स समूहले तेलदेखि दूरसञ्चार क्षेत्रमा काम गर्छ र बजारमा यसको छुट्टै उपस्थिति छ ।