२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको खेल पोशाक दर्ताका लागि राखेपलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदमा खेल पोशाकको ठूलो महत्व हुने बताउदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्कने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव सन्ज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक बनाउने कार्यको तयारी भइरहेको बताए ।