२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश भ्रष्टहरुको लागि स्वर्ग भयो, व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन हुदैन: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारिहरुको लागि स्वर्ग भएको बताउदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आबश्यकता औल्याएका छन् ।

आज पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए । अहिलेको मुलुकको समस्या समाधान ब्यक्ती परिबर्तनबाट सम्भब नभएको चर्चा गर्दै थापाले प्रणाली र ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।

भ्रष्टहरुले उन्मुक्ती पाउने ब्यबस्था लामो समय नटिक्ने भन्दै थापाले ब्यबस्था परिबर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए । ब्यबस्था परिबर्तनको पक्षधरहरु बीच मोर्चा निर्माण गरि आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

सनातन हिन्दुराष्ट्र , राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको बाताबरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए ।




भर्खरै