२४ असार २०८३, बुधबार
,
Latest
कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विध्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख गर्नुभएको छ ।

“विसं २००७ को जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो । त्यसपछिका सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको थियो”, सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

पूर्वराष्ट्रपतिले लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि समाजमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूलाई अन्त्य गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सन्देशमा त्यसका लागि मुलुकमा उद्योग र उद्यमशीलताको विकासमार्फत सुदृढ र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण अपरिहार्य भएको बताउनुभएको छ । रासस