२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद केसीले भने: संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्ष संसद चलाउने मुडमा नरहेको जस्तो आफूलाई महशुस भएको बताउनु भयो । उहाँले संसदको काम कानून निर्माण गर्ने भएकाले कानून निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसदको काम भनेको कानून निर्माण गर्ने हो । एक वर्षमा एउटा कानून निर्माण भयो । आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला । संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य छ ।’

सांसद केसीले संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको बताउनु भयो ।

फोटो-प्रदीपराज वन्त/रासस