२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त



अ+ अ-

काठमाडौँ । बैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बूलाई प्रेस सेन्टरले बर्खास्त गरेको छ । माओवादी केन्द्रमा आवद्ध रहेका उनी पार्टीामा राजीनामा नदिईकनै रास्वपामा प्रवेश गरेको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

पार्टीबाट राजीनामा नै नदिई उपचुनाव लड्न अर्को पार्टी प्रवेश गरेपछि उनलाई प्रेस सेन्टरले बर्खास्त गरेको हो । बिहीबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै लिम्बूलाई संगठनबाट बर्खास्त गरेको जनाएका छन् ।

‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बुले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनीक अभिव्यक्ति दिने तथा अनुशासनविपरित गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकोले संगठनको अनुसासन समितिको सिफारिसमा आजकै मितिदेखी सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

 




भर्खरै