२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातविरुद्ध हैदरावादले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार डबल हेडर (एक दिनमा २ खेल) हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्सले अहमदाबादमा सनराइजर्स हैदरावादको सामना गर्दैछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नरेन्द्र मोदी स्टेडियममा हुने उक्त खेलमा हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ । हैदरावादले प्लेइङ इलेभेनमा कुनै परिवर्तन गरेको छैन । गुजरातले भने प्लेइङ इलेभेनमा दुई परिवर्तन गरेको छ ।

यो सिजन दुवै टोलीको तेस्रो खेल हुनेछ । २०२२ को विजेता गुजरातले पाँच पटकको च्याम्पियन मुम्बईलाई हराएर आफ्नो आईपीएलको सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा चेन्नईसँग टोलीले हार बेहोर्यो ।

अर्कोतर्फ २०१६ को च्याम्पियन हैदरावाद आफ्नो पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो । तर दोस्रो खेलमा पुनरागमन गर्दै मुम्बईविरुद्ध २७७ रन बनाउँदै ३१ रनले खेल जित्यो । हैदरावादले आफ्नो सुरुवाती दुवै खेलमा २००ं माथि रन बनाएको छ ।

 




भर्खरै