२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गर्न बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

आगामी वैशाख १५ मा हुने इलाम— २ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवारबारे छलफल गरिने बताईएको छ । यस्तै, उम्मेदवारको टुङ्गो लगाउन पार्टिले मंगलबार कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । कार्यसम्पादन समितिको बैठकअघि आज पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल हुन लागेको हो ।

आजको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम—२ को उम्मेदवारका सन्दर्भमा रिपोर्ट राख्ने बताईएको छ । इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।

यस्तै, बझाङ प्रदेशसभा (१)का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।